काठमाडौं। एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल) को फ्रेन्चाइज चितवन शक्तिले ट्यालेन्ट हन्टबाट नितीशा महतोलाई छनोट गरेको छ।
सोमबार चितवनको पटहीनी कभर्डहलमा टोलीका मुख्य प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितिमा भएको ट्यालेन्ट हन्ट गरिएको थियो। जसबाट नितीशा चितवनको टोलीमा छानिएकी हुन्।
५९ फिट उचाइ भएकी उनले अब चितवनबाट लिग खेल्ने छिन्। ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाइ तथा पोजिसनको आधारमा नितीशा छनोट भएकी हुन्।
१७ वर्षीया नितीशा चितवनको मेघौली घर भई हाल श्री जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन्। उनको आगमनसँग चितवनले आफ्नो टिम पूरा गरेको छ। लिग असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ।
चितवन शक्तिको टिमः
अरुणा शाही, सूर्या सरसुरी, केपी अनु श्री,अन्ना डिमीत्रिभा, सुनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बूढामगर, वाल्मिका आचार्य, भावना डाँगी र नितीशा महतो।