काठमाडौं। उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले हुमोमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको हो।
पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। यसक्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई यही सेटमा पराजित गरेको थियो। पुलिसले पहिलो सेट २५–१६ ले सहजै जितेको थियो। तर, त्यसपछिका दुई सेट भने पुलिसलाई सहज भएन।
प्राम्भिक चरणमा कमजोर प्रदर्शन गरेको हुमोले यसपल्ट भने सुधारिएको प्रदर्शन गर्यो। दोस्रो सेट पुलिसले जित्यो। तर, उसले कडा संघर्ष गर्दै उक्त २५–२२ ले आफ्नो पक्षमा बनायो। तेस्रो तथा अन्तिम सेट पनि पुलिसले संघर्ष गर्दै २५–२३ ले आफ्नो बनाएको हो।