काठमाडौं। एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को टोली चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ। चितवनकाे पटहिनी कर्भड हलमा बिहान १० देखि ५ बजेसम्म छनोट कार्यक्रम गर्ने भएको हो।
छनोटका लागि मुख्य प्रशिक्षक रहेका अर्जुन घिमिरे र मार्की प्लेयर तथा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिका खेल्नेछन्।
खेलाडीले चितवन शक्तिले गर्न लागेको छनोट कार्यक्रमका लागि दर्ता गर्न चितवनको स्थानीय बासिन्दा हुनुपर्नेछ। खेलाडीले असोज १४ देखि १९ सम्म चितवन शक्तिको टोलीमा रही पहिलो संस्करणको लिग खेल्ने अवसर प्राप्त गर्नेछ।