पुलिसले वाम्कोसँग खेल्ने
बुधबार, असोज २, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत चौथो खेलमा बुधबार घरेलु टोली वाम्कोसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल स्थानीय समयअनुसार ८:१५ बजे हुनेछ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा पुलिस अपराजित छ। आइतबार भएको पहिलो खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
सोमबार र मंगलबार भएको खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई त्यही सेटमा पराजित गर्दै पुलिस अपराजित रहन सफल भयो। पुलिसको अंकतालिकामा ९ अंक छ। पुलिस यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।









-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

