पुलिसको लगातार तेस्रो जित
मंगलबार, असोज १, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हासिल गरेको छ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा मंगलबार ताजिकस्तानको डाइमेड भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले अपराजित यात्रका तेस्रो खेलसम्म लम्बाएको हो।
पुलिसले आइतबार उज्बेकिस्तानको हुमो भलिबल क्लब र सोमबारश्रीलंकाको श्रीलंका एयर फोर्सलाई यही नतिजाले पराजित गरेको थियो। योसँगै पुलिसले तीन खेलबाट ९ अंक जोडेको छ।
डाइमेडले पुलिसलाई कुनै पनि सेटमा टक्कर दिन सकेन। पहिलो सेट २५–१५ ले जितेको पुलिसले त्यसपछिका दुई सेट पनि सहजै आफ्नो पक्षमा बनायो। दोस्रो सेट २५–१२ ले पुलिसले जितेको थियो। तेस्रो तथा अन्तिम सेट २५–१५ ले आफ्नो बनायो।









-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

