धरान। तेस्रो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि सियोन स्कुलले चुमेको छ।
डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको व्यवस्थापनमा सोमबार सम्पन्न फाइनलमा सियोन स्कुलले प्रभात इङ्ग्लिस बोडिङ स्कुललाई ३३–१७ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हो। प्रतिस्पर्धात्मक भएको फाइनल खेलको प्रत्येक क्वाटरमा सियोन र प्रभात स्कुलले ४–२, ७–४, ६–६ र ५–१६ अंक जोडेका थिए।
फाइनल खेलमा सियोन स्कुलका प्रसाङ्ग चौधरीले व्यक्तिगत १० अंक जोडेका थिए भने प्रभात स्कुलका लियोन राईले समेत व्यक्तिगत १० अंक जोडेका थिए। सियोन स्कुलले उपाधिसँगै नगद १५ हजार रूपैयाँ प्राप्त गरे। उपविजेता प्रभात स्कुलले नगद ७ हजार ५ सय रूपैयाँ प्राप्त गरे।
प्रतियोगिताको मोस्ट भ्यालुएवलल प्लेयरको उपाधि र हाइ स्कोरर उपाधि सियोन स्कुलका संयोग राई घोषित भए। संयोगले नगद एक हजार प्राप्त गरे। प्रतियोगिताको राइजिङ प्लेयर प्याराडाइस बोडिङ स्कुलका प्रिन्स खत्री घोषित भए। उनले ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
धरान र धरान आसपासका १७ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटबल संघको रहेको थियो।