क्लब च्याम्पियनसिप : पुलिसको विजयी सुरुआत

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
माल्दिभ्सको मालेमा आइतबार भएको खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
पुलिसले पहिलो सेट २५–१९ ले सहजै जितेको थियो। तर, दोस्रो सेटमा भने पुलिसले पुनरागमन गर्न पर्यो। एक समय पुलिस २०–२३ को स्थितिमा थियो। तर, लागातर ३ अंक जोड्दै खेलमा फर्किन सफल भयो। उक्त सेट पुलिसले २७–२५ ले आफ्नो पक्षमा पार्यो।
तेस्रो तथा अन्तिम सेटमा भने पुलिसले २५–१९ ले सहज जित हात पार्यो। पुलिसले यही प्रतियोगिताका लागि राष्ट्रिय टोलीका सदस्यसमेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ। आइतबारको खेलमा सुमित्रा र सरस्वतीको खेल उत्कृष्ट रह्यो।
आठौं एनभीए राष्ट्रिय भलिबल लिगको विजेताका रूपमा पुलिसले च्याम्पियनसिपमा सहभागिता जनाएको हो। पुलिसले एभरेस्ट भलिबल क्लबलाई पाँचौं सेटमा पराजित गर्दै उपाधि जितेको थियो।









-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

