काभा महिला भलिबल : पुलिसको टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने

काठमाडौं। काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने विभागीय टोली नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरिएको छ।
आठौं एनभीए राष्ट्रिय भलिबल लिगको विजेताका रूपमा पुलिसले च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो। पुलिसले एभरेस्ट भलिबल क्लबलाई पाँचौं सेटमा पराजित गर्दै उपाधि जितेको थियो।
नेपाल भलिबल संघले माल्दिभ्समा आयोजना हुने उक्त च्याम्पियनसिप सहभागी हुने टोलीलाई मंगलबार बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायत उपस्थित थिए।
भदौ ३० देखि असोज ५ गतेसम्म चल्ने च्याम्पियनसिपका लागि टोली बुधबार माल्दिभ्स प्रस्थान गर्नेछ। यही प्रतियोगिताका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्यसमेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।
पुलिसको टोली
कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट,शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना , सुमित्रा रेग्मी , कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
