पोखरा। पोखरामा आयोजित लामाचौर भलिबल कपमा महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ। शुक्रबार फाइनलमा न्यू डायमण्ड भलिबल टिमलाई ३-१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ । उपविजेता डायमण्डले १ लाख प्राप्त गरेको छ ।
पहिलो र दोस्रो सेट आफ्नो पारेको एपीएफले तेस्रो सेट भने गुमाएको थियो। पहिलो सेट २५-२३, दोस्रो सेट २५-२३ सेटमा जितेको हो । तेस्रो सेट डायमण्डले २५-१३ मा जिते पनि चौथो सेटमा अथक प्रयासबिच पनि बराबरी खेल्न सकेन ।
चौथो सेट एपीएफले २५-१० मा जितेको हो । डायमण्ड लामाचौर कपको सुरूवाती संस्करणतिर सर्वाधिक सफल टिम भएपनि पछिल्लोपटक विभागीयको वर्चस्व रहँदै आएको छ । डायमण्डले २०६९ देखि लगातार ४ वर्ष उपाधिमाथि कब्जा जमाएको थियो । गलकोट तेस्रो भएकोमा गण्डकी पुछारमा रह्यो । महिलामा गत वर्ष नेपाल पुलिसले डायमण्डलाई हराएको थियो।