पोखरा। विभागीय टोली एपीएफ क्बलले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ।
पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको खेलमा बिहीबार एपिएफले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो र दोस्रो सेट एपिएफले २५-१८ र २५-२३ ले आफ्नो पक्षमा पारेको थियो। तर, तेस्रो सेट एपिएफले २०-२५ ले गुमायो। यद्यपि, चौथो सेट २५-१६ ले जित्दै एपिएफले जित हासिल गर्यो।