न्यु डायमन्डको लगातार दोस्रो जित
बुधबार, भदौ १९, २०८१योगेन श्रेष्ठ

पोखरा। साबिक उपविजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।
बुधबार भएको खेलमा न्यु डायमन्डले गण्डकीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट २५-१३ ले जितेको न्यु डायमन्डले त्यसपछिका दुई सेट समान २५-१६ ले आफ्नो पक्षमा बनायो।
न्यु डायमन्डले पहिलो खेलमा बुटबलको एभरेस्ट क्लबलाई ३-० कै सेटमा पराजित गरेको थियो।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
