बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिलातर्फ एपिएफ र डायमन्ड तथा पुरुषतर्फ विभागीय डर्बी विजयी

मंगलबार, १८ भाद्र २०८१योगेन श्रेष्ठ
महिलातर्फ एपिएफ र डायमन्ड तथा पुरुषतर्फ विभागीय डर्बी विजयी
Loading ad...
mustang rice ad

पोखरा। पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। नव आदर्श विकास समाजको २८औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो।

प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्यु डायमन्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिसले जित निकाल्यो।  

महिलातर्फ भएको पहिलो खेलमा विभागीय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुवात गरेको छ। एपिएफले पहिलो सेट २५–१४ र दोस्रो सेटमा पनि २५–१४ कै जित निकाल्यो। तेस्रो सेटमा एक समय १३–२० ले पछि परेको एपिएफले लगातार अंक बटुल्दै १९–२० को स्थितिमा खेल पुर्‍याँदै २४–२४ को बराबरीमा पुर्‍याएपनि उक्त सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पार्‍यो। चौथो सेटमा पुनः खेलमा फर्कँदै एपिएफले २५– १३ को सेटमा हराउँदै जितको सुरुवात गरेको हो।

दोस्रो खेलमा न्यु डायमन्डले एभरेस्ट भलिबललाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्‍यो।  पहिलो सेटमा २५–१४ को जित निकालेको न्यु डायमन्डले दोस्रो सेट २५–१२ र तेस्रो  २५–१७ को सहज जित निकाल्न सफल भयो।

पुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–१ को सेटमा हराउन सफल भयो। पहिलो सेट २५–१७ ले जितेको एपिएफ दोस्रो सेटमा २५–२७ ले पछि पर्‍यो। तेस्रो सेटमा खेलमा फर्किएको एपिएफले २५–१६ र चौथो सेटमा २६–२४ ले हराउँदै पहिलो जित दर्ता गराएको हो।

दिनको अन्तिम खेलमा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पाखा लगाएको छ। पहिलो सेट २५–१७ ले जितेको पुलिसले दोस्रो सेटमा २५–२१ को जित निकाल्दै जिततर्फ लम्किएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा पुलिसलाई जित निकाल्न हम्मे हम्मे पर्‍यो। खेलमा फर्कने प्रयास गरे पनि गण्डकीमाथि पुलिसले ३०–२८ को जित निकाल्न सफल रह्यो।  

राउन्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेस्ट क्लब, टिपटप न्यू डायमन्ड यूथ स्पोर्टस क्लब र एपिएफ क्लब सहभागी छन्। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, ट्राभल इन्क्वाइरी गलकोट र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ।
भोलीको पहिलो खेल महिला तर्फ टिपटप न्यु डायमन्ड युथ स्पोर्टस र गण्डकी प्रदेश बिच बिहान ८ बजे हुनेछ भने दोस्रो खेल महिला तर्फ एपिएफ क्लब र एभरेस्ट भलिबल क्लब बिच बिहान १० बजे, तेस्रो खेल पुरुष तर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वाइरी गलकोट बिच मध्यान्न १२:१५ बजे र भोलीको अन्तिम एवं प्रतियोगिता उद्घाटन खेल पुरुष तर्फ गण्डकी प्रदेश र एपिएफ क्लबबीच दिउँसो २:१५ बजे सञ्चालन हुनेछ।

२१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन महिलातर्फ २ र पुरुषतर्फ २ गरी चार खेल हुन्छन्। प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना