पोखरा। विभागीय टोली एपीएफ क्बलले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी भलिबल संघलाई पराजित गरेको छ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजना मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपिएफले गण्डकीलाई ३-१ को सेटमा पाखा लगाएको हो।
गण्डकीले सुरुका दुई सेटमा फतलो प्रदर्शन गर्दै एपिएफलाई समान २५-१४ ले नतिजा सुम्पिएको थियो। तर, तेस्रो सेटमा भने गण्डकीले २४-२६ अंकसहित पुनरागमन जित हात पार्दै खेल २-१ मा ल्यायो। यद्यपि, तेस्रो सेटमा पुन: कमजोर लय दोहर्याउँदा गण्डकी २५-१३ ले पराजित भयो।
राउन्ड रोबिनको आधारमा भइरहेको प्रतियोगितामा अब एपिएफले बुटवलको एभरेस्ट भलिबल क्लबसँग खेल्ने छ भने अन्तिम खेल न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लबसँग खेल्नेछ। यस्तै, गण्डकीले न्यु डाइमन्ड र एभरेस्टसँग खेल्ने छ।