काठमाडौं। नेपाल र भारतका ३० बक्सरहरू सिजिजी स्पोर्ट्स फाइट नाइटमा भिड्ने भएका छन्।
सिजिजी स्पोर्ट्स हबको पहिलो प्रतियोगिताको रूपमा फाइट नाइट आइतबार इखादोल नागार्जुनमा हुनेछ। प्रतियोगिताको विशेष सहयोगीको रूपमा नेपाल बक्सिङ महासंघ रहेको छ।
प्रतिगोतिमा दुई देशका ३० खेलाडीले सहभागिता जनाउने छन् । नेपालबाट सिगिगी , एचतुओ, फाइट प्रोमोसन, थानकोट बक्सिङ क्लब, बक्समान्डु , बोसीगाउँ स्पोर्ट्स क्लब, स्वीट साइन्स क्लबका बक्सरहरूले सहभागिता जनाउने छन्।
भारतका दुई बक्सिङ क्लबहरू एसएम बक्सिङ एकेडेमी र गोल्डेन बक्सिङ एकेडेमीले सहभागिता जनाउने छन् । प्रतियोगितामा ३० बाउट हुने छन्। विजेताहरूले पदक प्राप्त गर्ने छन्। प्रतियोगिता साँझ ४ बजे सिजिजी स्पोर्ट्स हबको परिसरमा हुनेछ।