काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। कन्सलटेन्सीले पूर्वकप्तानसमेत रहेका लामिछानेलाई आफ्नो एम्बासडर घोषणा गरेको हो।
सोही कार्यक्रममा सन्दीप र कन्सलटेन्सीबीच सम्झौतामा हस्ताक्षर भएको थियो। सन्दीप आगामी दुई वर्षका लागि कन्सलटेन्सीको एम्बासडर नियुक्त भएका हुन्। यद्यपि, कन्सलटेन्सीले सन्दीपसँगको सम्झौता रकम भने खुलाएको छैन।
सो अवसरमा सन्दीपले कन्सलटेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्राप्त भएको बताए। साथै उनले खेलजीवनमा धेरै सहयोग पुग्नेसमेत विश्वास लिएका छन्। ‘बृजसँग सम्झौता हुँदा धेरै खुसी छु। यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ। देशका लागि अझैँ धेरै सफलता दिलाउन प्रेरणामा मिल्नेछ,’ उनले भने।