काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं। एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बनेको छ।
सम्झौताअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स अब काठमाडौं गोर्खाजको मुख्य प्रायोजकका रूपमा रहनेछ। टोलीको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा पनि ब्रान्डको लोगो रहनेछ। कम्पनीले यस सहकार्यले एनपीएलमार्फत आफ्नो ब्रान्डलाई अझ व्यापक रूपमा दर्शकमाझ स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।
यो साझेदारी काठमाडौं गोर्खाज र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच लगातार दोस्रो वर्षको सहकार्य हो। गत संस्करणमा ब्रान्ड डायमन्ड स्पोन्सरका रूपमा आबद्ध थियो भने यस वर्ष टाइटल स्पोन्सरको रूपमा आफ्नो सहभागिता अझ सशक्त बनाएको छ।
काठमाडौं गोर्खाजको व्यवस्थापन संस्था माभरिक्सका संस्थापक–निर्देशक श्रवण बहादुर सिंहले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताउँदै यस्तो प्रभावशाली खेलकुद–उन्मुख ब्रान्डसँग निरन्तर साझेदारी गर्न पाउँदा उत्साहजनक रहेको उल्लेख गरे। उनले यस्ता सहकार्यले टोली व्यवस्थापनलाई अझ सुदृढ र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान दिने पनि बताए।
त्यसैगरी, एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले एनपीएल नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता भएकाले काठमाडौं गोर्खाजसँग टाइटल स्पोन्सरको रूपमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै यो सहकार्यले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्ड छवि अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरिन्।
कम्पनीले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय लगानी गर्दै आएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता, जय ट्रफी लगायत विभिन्न खेलकुद गतिविधिमा पनि संलग्न रहँदै आएको छ।









-1787414009919.jpeg&w=3840&q=75)
-1787406623559.webp&w=3840&q=75)





