१८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
२०२४ अगस्ट १८, आइतबारखेलपाटी संवाददाता

काठमाडौं। नेपाल भलिबल संघले यू–२० भलिबल च्याम्पियनसिपका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसनले आयोजना गर्ने प्रतियोगिता अक्टोबर ३ देखि ९ सम्म श्रीलंकाको कोलम्बोमा हुनेछ।
बन्द प्रशिक्षणमा गण्डकीबाट सरोज बर्देवा, सूर्य विक, विश्वास अधिकारी, सुक्सन थापा, सौरभ फुन्जेली र जितबहादुर सार्की बोलाइएको छ। यस्तै, लुम्बिनीबाट लेसमन राहादी, रेशम विक, सागर रसौली र दिपेश कुँवर प्रशिक्षणमा सहभागी हुनेछन्। सुदूरपश्चिमबाट सुनिल बाहोरा, सुरेश मल्ल अर्जुन नेपाली र अशोक राना छन्।
कोशीबाट अभिषेक थापा, मधेशबाट शैलेन्द्र यादव, बागमबाट सुजन सुनार र कर्णालीबाट पहल गहतराज पनि बन्द प्रशिक्षणमा परेका छन्। बन्द प्रशिक्षण ८ भदौबाट सुरु हुनेछ।