काठमाडौं। काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा नेपाल एपीएफ नेपाललाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा गरिएको छ।
प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले दज्र्यानी चिन्ह प्रदान गरे।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको लिगको फाइनलमा भारतसँग नेपाल ३-२ को सेटमा पराजित भएको थियो। यस्तै, महानिरीक्षक राजु अर्यालले प्रहरी सहायक हवल्दार सरस्वती चौधरी र जवान कविता भट्टलाई पनि सम्मान गरेका छन्।
लामो समयदेखि नेपाल एपीएफ क्लबमा आबद्ध रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवी उच्च राख्न खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।