६ फ्रेन्चाइज टोलीको मार्की खेलाडी सार्वजनिक
आइतबार, साउन २७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीको मार्की खेलाडी सार्वजनिक गरिएको छ। प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको हो। यद्यपि, मिति भने तय भइसकेको छैन।
तर, आयोजकले आइतबार ६ मार्की खेलाडी घोषणा गरेको छ। नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही चितवनको मार्की खेलाडी रहेकी छन्। उषा भण्डारी काठमाडौं, सलिना श्रेष्ठ ललितपुर, सरस्वती चौधरी गण्डकी, निरुता ठगुन्ना मधेश र सुमित्रा रेग्मी कर्णालीको मार्की खेलाडी छन्।
आयोजकका अनुसार अन्य खेलाडीलाई टोलीमा भित्र्याउन भने ड्राफ्ट गरिने छ। प्रतियोगिताका हरेक फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। आयोजकका अनुसार भारत, ब्राजिललगायतका राष्ट्रबाट विदेशी खेलाडी ल्याउने तयारी भइरहेको छ।












-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)