आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण

शनिबार, २६ श्रावण २०८१खेलपाटी संवाददाता
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं। अल्जेरियाली बक्सर इमान खेलिफले आफूमाथि गरिएको लैंगिक आक्रमणले पेरिस ओलम्पिक २०२४ को जितलाई ‘विशेष स्वाद’ दिलाएको बताएकी छन्। विश्व च्याम्पियनसिपमा अयोग्य ठहराएको अर्को वर्ष नै उनले ओलम्पिक स्वर्ण जितेकी हुन्।

उनलाई लैंगिक योग्यता नपुगेको भन्दै गत वर्ष विश्व च्याम्पियनसिपबाट प्रतिबन्ध लगाइएको थियो। तर, उनलाई पेरिसमा खेल्न योग्य मानियो। र, उनले चिनियाँ विश्व च्याम्पियन याङ लिउलाई तीन राउन्डको प्रतिस्पर्धामा पराजित गर्दै वेल्टरवेटको स्वर्ण कब्जा गरिन्। सबै पाँच जना निर्णायकले उनको पक्षमा अधिकतम अंक दिए।

‘यो प्रतियोगितामा सहभागी हुन म पूर्ण रूपमा योग्य हो,’ २५ वर्षीया खेलिफले भनिन्, ‘म महिलाको रूपमा जन्मिएकी हुँ। म महिलाकै रूपमा बाँचिरहेकी छु। मैले महिलाकै रूपमा प्रतिस्पर्धा गरेकी छु, जसमा कुनै शंका छैन।’

खेलिफले अपमानको सिकार भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) ले ‘घृणा गरेको र यसबारे आफूलाई किन भन्ने वास्तवमै थाहा नभएको’ बताएकी छन्। उनको समर्थनमा अल्जेरियालीको आवाजले एरिना गुञ्जायमान भएको थियो। समर्थकहरूले हरियो, सेतो र रातो रंगको झन्डा फहराइरहेका थिए।

खेलिफले स्वर्णको प्रतिस्पर्धामा एकतर्फी खेल प्रदर्शन गर्दै सफलता हात पारेकी हुन्। जित हासिल गरेकी थाह पाएपछि उनी नाचिन्। नतिजा सार्वजनिक भएपछि याङले पनि खेलिफको हात उठाइदिइन्, जुन उनलाई पहिलो खेलमा इटालीकी अंगेला कारिनीले गरेको व्यवहारको ठिक उल्टो हो। त्यसपछि उनले आफ्ना प्रशिक्षकलाई अँगालो हालिन्। अल्जेरियाको राष्ट्रिय गान बज्दा उनको आँखाबाट आँसु बगेको थियो।

गत वर्ष खेलिफजस्तै प्रतिबन्धमा परेकी लीन यु–तिङले पोल्यान्डकी जुलिया स्जेरेमेताविरुद्ध फेदरवेटको फाइनलमा शनिबारै प्रतिस्पर्धा गर्दै छिन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो