माफी माग्दै अरूणा भन्छिन्,‘सबैको साझा सपना पूरा गर्न नसकेकोमा दुखी छौं’

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाहीले सिंगो मुलुकले साथ दिँदा पनि काभा वुमन्स नेसन्स भलिबल लिग जित्न नसकेको भन्दै माफी मागेकी छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनल खेलमा भारतसँग नेपाल पराजित भएको थियो। लिग चरणमा भने नेपालले ३-२ को सेटमा भारतलाई पाखा लगाउँदै ऐतिहासिक जित दर्ता गरेको थियो। बुधबार उक्त सेटलाई उल्टाउँदै भारतले २-३ जितसहित बदला मात्रै लिएन, उपाधि रक्षा गर्यो।
‘हामीप्रति आशा र भरोसा राखेर हजारौं शुल्क तिरेर खेल हेर्न र हौसला प्रदान गर्न कभर्डहलमा मात्र हैन लाखौंले विभिन्न माध्यमबाट खेल हेरी सिंगो मुलुकले साथ दिँदा पनि सबैको साझा सपना पूरा गर्न नसकेकोमा दुखी छौं,’ उनले सामाजिक सञ्जालमा भनेकी छन्।
के गर्न सकियो, के गर्न सकिएन ? आफूहरू कहाँ चुक्यौं ? समर्थक सबैलाई अवगत नै रहेको उनले बताएकी छन्। नेपाल भलिबल संघ साथै सरोकारवाला सबैको भूमिकाप्रति आभार प्रकट गर्दै फेरि पनि आफूहरूलाई भरोसा गरिरहनु भन्नुको विकल्पबाहेक आफूसँग अन्य केही नरहेको उनले उल्लेख गरेकी छन्। यसरी नै अगाडि बढिरहे एक दिन सबैको सपना पूरा हुनेमा उनी आशावादी देखिएकी छन्।












-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)