कठमाडौं । नेपाली सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तराष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीतर्फ उपाधि जितेका छन् ।
तामाङ्ग र श्रेष्ठको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीलाई २१–१८, २५–२३ को जित निकालेका हुन् ।
उनीहरुले उपाधि सहित एक लाख रुपैयाँ प्राप्त गरे । उपबिजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । अन्य खेलहरुमा मिक्स युगल, पुरुष एकल र मास्टर्स जोडी तर्फको प्रतियोगिता समेत सकिएका छन् ।
विजय हुने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिब प्रसाद शिव प्रसाद ढकाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष भोलेश्वर दुलाल लगायतले पुरस्कार वितरण गरेका थिए ।