काठमाडौं। घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा भारतविरुद्ध पहिलो सेटमा आफ्नो पक्षमा पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको खेलको पहिलो सेट नेपालले २५-२३ ले जितेको हो। नेपालले सुरुमा ३-० को अग्रता लिएको थियो। तर, लगातार चार अंक जोड्दै भारत खेलमा फर्कियो।
त्यसपछि नेपाल लगातार भरतसँग पछि पर्यो। ७-१० हुँदै भारत २०-२३ मा पुगेको थियो। तर, नेपाल लगातार पाँच अंक जोड्दै पहिलो सेट आफ्नो पक्षमा पार्न सफल भयो। प्रगति नाथले एक अंक दिलाउँदै नेपाललाई पहिलो सेटमा जित दिलाएकी हुन्।