काठमाडौं। उपाधि दाबेदार भारत शीर्ष स्थानमा रहँदै काभा वुमन्स नेसन्स भलिबल लिगको सेमिफाइनल पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा भारतले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो। योसँगै भारतले फाइनल प्रवेश गर्न श्रीलंकासँगै अन्तिम चारमा खेल्ने पक्का भएको छ।
नेपालसँग ३-२ को सेटमा पराजित भएको भारतले १० अंक जोड्यो। श्रीलंका भने चार अंकमै सीमित भयो। सोमबार खेलमा पहिलादेखि नै दबाबमा परेको श्रीलंकाले पहिलो सेट १३-२५ ले गुमाएको थियो। दोस्रो सेट २१-२५ ले गुमाएको श्रीलंकाले तेस्रो सेट २०-२५ ले गुमाउन पुग्यो।