काठमाडौं। एथलेटिक्सकी सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउन मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन्।
दक्षिण एसियाली खेलकुद इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
उनी ओलम्पिकको अन्तिम दिन म्याराथनमा दौडिने छिन्। १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्। यस्तै, बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा पनि स्वर्ण जितेकी थिइन्।
त्यसमा उनको प्रदर्शन दुई घण्टा ४६ मिनेट २२ सेकेन्ड रहेको थियो। यो नै उनले दौडेको एक मात्र म्याराथन हो। यसैक्रममा उनले नेपालको राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन्।