काठमाडौं। आइटीएफ एटिएफ यु–१४ रिजनल ट्रेनिङ क्याम्पमा सिभाली गुरुङले सहभागीता जनाउने भएकी छन्।
अन्तर्राष्ट्रिय टेनिस फेडरेसन आइटीएफ र एसियन टेनिस फेडरेसन एटिफको आयोजनामा मलेसियामा आयोजना हुन लागेको क्याम्पमा सिभालीले सहभागिता जनाउन लागेकी हुन्। उक्त क्याम्पका लागि उनी आइतबार राति मलेसिया प्रस्थान गर्नेछिन्। उनलाई नेपाल टेनिस संघका महासचिव मनोहर दास मुलले एक कार्यक्रमकाबीच बिदाई गरे। सिभालीसँगै उनका बुवा सिमान्त गुरुङ पनि मलेसिया जानेछन्।
सिभालीले जुलाई ३० देखि अगस्ट ३ सम्मको प्रशिक्षण गर्नेछिन्। त्यसपछि अगस्ट ५ देखि १० सम्म आयोजना हुने एटिफ यु–१४ ग्रेड ए टुर्नामेन्ट खेल्ने संघले जनाएको छ। सिभाली मन्डिखाटार टेनिसको उत्पादन हुन्।