काठमाडौं। दुई पटकका ओलम्पिक पुरुष एकल च्याम्पियन एन्डी मुर्रेले पेरिस ओलम्पिकपछि सन्न्यास लिने घोषणा गरेका छन्। 'म आफ्नो अन्तिम टेनिस प्रतियोगिताका लागि पेरिस आइपुगेको छु,' उनले लेखेका छन्।
पेरिस ओलम्पिकको टेनिस प्रतियोगिता शनिबारदेखि रोलान्ड गार्रोसमा सुरु हुँदैछ। सन् २०१२ को लन्डन ओलम्पिकमा मर्रेले पहिलो स्वर्ण पदक ग्रासकोर्टमा जितेका थिए, जसमा उनले रोजर फेडेररलाई तीन सेटमा हराएका थिए।
त्यसपछि सन् २०१६ मा उनले रियो दि जेनेरियोको हार्ड कोर्टमा जुआन मार्टिन डेल पोत्रोलाई पराजित गर्दै उपाधि जितेका थिए। मुर्रेको सन् २०१९ मा हिप प्रत्यारोपण गरिएको थियो।