काठमाडौं। चार पटकका च्याम्पियन राफेल नाडाल युएस ओपनका लागि मंगलबार सार्वजनिक गरिएको मुख्य ड्र प्रवेश सूचीमा परेका छन्।
३८ वर्षीय स्पेनी खेलाडीले अगस्ट २६ देखि सुरु हुने प्रतियोगितामा कोर्ट उत्रने गरी नवौं वरियता प्राप्त गरेका छन्। २२ पटकका ग्रान्डस्लाम विजेता नाडालले मंगलबार नर्डिया ओपनमा लियो बोर्गलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै मे २७ पछि पहिलो एकल खेल खेलेका हुन्। पेरिसमा भएको रेड क्लेमा एलेक्जेन्डर ज्वेरेभसँग पहिलो राउन्डमा पराजित भएयता नाडालले खेलेका थिएनन्।
सन् २०१९ मा न्युयोर्कको हार्डकोर्टमा चौथो पटक उपाधि जितेपछि नाडालले २०२२ मा एक पटक मात्र युएस ओपन खेलेका छन्। उनी १४ खेलाडीमध्ये एक थिए, जसले संरक्षित वरीयताका साथ मुख्य ड्र मा स्थान बनाएका थिए।
नाडालले सन् २०१० मा युएस ओपन जितेर करियरको ग्रान्डस्लाम पूरा गरेका थिए भने सन् २०१३, २०१७ र २०१९ मा युएस ओपनको उपाधि थपेका थिए। उनी सन् २०२२ मा चौथो चरणमा पुगेका थिए तर त्यसयता उनले दुई पटक मात्र ग्रान्डस्लाम खेलेका छन्।