काठमाडौं। राष्ट्रिय भलिबल टिमका स्पाइकर मानबहादुर श्रेष्ठ फेवा एजुकेसन एन्ड माइग्रेसनको ब्रान्ड एम्बासडर बनेका छन्।
फेवा एजुकेसन एन्ड माइग्रेसनका फेवा एजुकेसनका निर्देशकद्वय योगेश श्रेष्ठ र दिनेश खनालले सिड्नी, अस्ट्रेलियास्थित आफ्नो कार्यालयमा स्वागत गर्दै मान बहादुरलाई दुई वर्षका लागि ब्रान्ड एम्बासडर घोषणा गरेका गरेका हुन्।
सम्झौताअनुसार फेवा एजुकेसन एन्ड माइग्रेसनले त्रिभुवन आर्मी क्लबका खेलाडी मान बहादुरलाई दुईपल्ट काठमाडौं–सिड्नी आवतजावतको हवाई टिकट, भिसा शुल्क तथा खानेबस्नेलगायतका सुविधा प्रदान गर्नेछ।
उनी मेलबर्नमा खुला पुरुष भलिबल प्रतियोगितामा सहभागि हुन दुई साताअघिमात्रै मेलबर्न पुगेका थिए।
गोर्खा इलाइटद्वरा आयोजित उक्त प्रतियोगितामा मान बहादुरसम्मिलित गोर्खा कालिका टिम च्याम्पियन भएको थियो।