काठमाडौं । प्रिन्स दाहालले प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
मोरङमा आइतबार सुरु प्रतियोगितामा काठमाडौंका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दरहरैचा स्पोर्टस् ग्रामका मुनाहाङ्ग राईलाई २१ - ४, २१ - ४ को सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का बनाए ।
पुरुष एकलतर्फ नै पुलिसका बिष्णु कटुवाल र जीवन आचार्य, सेनाका प्रफुल महर्जन, रुकेश महर्जन, पविन लिनथेप र दिवश शंकर, एपिएफका बिजित थापा मगर, गौतम कठायत, सुमल लिम्बु, सुनिल जोशीले आआफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै दोस्रो चरणमा स्थान बनाएका छन् ।
बिष्णुले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका अजय चौधरीलाई २१-५, २१ - ८ ले पराजित गरे । यस्तै पुलिसकै जीवनले बिर्तामोडका बिवेक कदङ्गवालाई २१ - ५, २१ - ७ ले पाखा लगाए । जित निकाल्ने क्रमममा सेनामा प्रफुलले ते¥हथुमा क्षितिज केसीलाई २१ - ९, २१ - १४, रुकेशले विर्तामोडका नविन सिलवाललाई २५ - २३, २१ - १०, पविन लिनथेपले पाँचथरका सन्देश जवेगुबाट वाक ओभर र दिवश शंकरले सूर्खेतका नरेन्द्र बमलाई २१ - १०, १८ - २१, २१ - १३ ले पराजित गरे ।
एपिएफका बिजित थापा मगरले मोरङ्गका दिपेन राईलाई २१ - ६, २१ - ११, गौतम कठायतले जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिष खतिवडालाई २१ - १०, २१ - १० को समान अन्तरले, सुमल लिम्बुले झुम्काका गोपाल सुब्बालाई २१ - ८, २१ - ११ र सुनिलले भद्रपुरका सम्प्रास लिम्बुलाई २१ - ३, २१ - ११ ले पाखा लगाए ।
पुरुष एकल, युगल, मिक्स र भेट्रान्स युगल गरि चार विधामा आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन आईतबार जित निकाल्ने क्रममा जेष्ट ब्याडमिन्टन एकेडेमिका प्रियान्सु क्षेत्रीले वेष्ट बंगालका जयदीप शाहलाई २१ - १९, २१ - १७, वेष्ट बंगालका निहाल दर्नालले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुनाम श्रेष्ठलाई २१ - १३, २१ - १३, वेष्ट बंगालका प्रियान्सु सिंहले कोठारीका डबल बहादुर गुरुङ्गलाई २१ - १५, १३ - २१, २१ - १६ तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका प्रनिश सिंह ठकुरीले ईटहरीका भोज बहादुर गुरुङ्गलाई २१ - ११, २१ - १० ले पराजित गर्दै दोश्रो चरणको दावेदारी प्रस्तुत गरे ।
चार विधामा खेलाईको प्रतियोगितामा नेपाल र भारतका गरि पुरुष एकलमा ३२, पुरुष युगलमा २९, मिक्स युगलमा ९ र भेट्रान्स युगलमा १६ जोडीले प्रतिस्पर्धा गरिरहेका छन् ।