काठमाडौँ। दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ को उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले जितेकी छन्।
सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित प्रतियोगिताको निर्धारित २१.०९८ किमीको दूरी उनले एक १ घण्टा १९ मिनेटमा पूरा गरिन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्यम्भूबाट सुरू भइ बालाजु चोक, नयाँ बसपार्क, बसुन्धारा, महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, शहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, रविभवन, कलंकी हुँदै पुनः प्रधान कार्यालय पुगेर म्याराथन समापन भएको थियो।
उपाधिसँगै पछाईंले एक लाख रुपैयाँ प्राप्त गरिन्। नेपाल पुलिस कै राममाया बूढा दोस्रो भइन्। उनले निर्धारित दूरी एक घण्टा २३ मिनेट १० सेकेन्डमा पूरा गरिन्। उनले ७५ हजार रुपैयाँमा चित्त बुझाइन्। एपीएफ क्लवकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट ४५ सेके्डमा पार गरी ५० हजार रुपैयाँ जितिन्।