शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पूर्वखेलाडी शरद भन्छन्– ‘ कठिन कन्डिसनमा अनुभवी खेलाडी चाहिन्छ’

शनिबार, २६ जेठ २०८१खेलपाटी संवाददाता
पूर्वखेलाडी शरद भन्छन्– ‘ कठिन कन्डिसनमा अनुभवी खेलाडी चाहिन्छ’
Loading ad...
mustang rice ad

काठमाडौं। ठिक एक दशकअघि टी–२० विश्वकप २०१४ खेलेको नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य शरद भेषावकरले क्रिकेटमा पिचको कन्डिसनले ठूलो फरक पार्ने र कठिन कन्डिसनमा अनुभवी खेलाडी आवश्यक रहेका बताएका छन्।

एक दशकपछि विश्वकपमा फर्कँदा नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले हारेका थियो। टस हारेपछि नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट भएको थियो। ग्रयान्ड प्रेरी रंगशाला, डालासमा भएको उक्त खेलबारे शरदले भने, ‘जुन कन्डिसनमा हामीले ब्याटिङ गर्न पुगेका थियौं, त्यो एकदमै गाह्रो कन्डिसन थियो।’

यो विश्वकपमा प्रयोग गरिएको पिचमा ठूला टिमलाई पनि गाह्रो भइरहेको उल्लेख गर्दै शरदले भने, ‘इन्डिया र आयरल्यान्डको खेलमा दुवै टिमलाई सुरुमा गाह्रो भइरहेको थियो। कन्डिसनलाई दोष दिने त होइन तर त्यो खेलमा अझै राम्रो पहुँच दिन सक्थ्यौं जस्तो लाग्छ।’

नेदरल्यान्ड्सविरुद्ध खेल्नुअघि भएको बर्षाले पनि असर गरेको जनाउँदै उनले भने, ‘नेपालविरुद्ध नेदरल्यान्ड्सको खेल अमेरिकी समयअनुसार बिहान थियो। बिहानको गेम, त्योमाथि बिहान पानी परेको थियो। पानी परिसकेपछि पिचमा केही न केही फरक पर्छ। पिचको हर्कत फेरिन्छ। अलि ओसिलो थियो। पिचमा बल ठोकिसकेपछि हल्लिरहेको थियो। ब्याटलाई एकदमै गाह्रो भइरहेको थियो। हाम्रो टिमले खेल्दा त्यस्तो खालको पिचको कन्डिसन भेटेको थिएन होला।’

नेपाली टिमलाई कमेन्टेटरहरूले युवा टिम भनिरहेका छन्। कठिन कन्डिसनमा अनुभवी खेलाडी पनि आवश्यक रहेको शरदले बताए। उनले भने, ‘हाम्रा धेरै खेलाडी टी–२० फर्म्याटमा आएका छन्, जहाँ विकेट फ्ल्याट हुन्छ र जाने (क्रिजमा) बित्तिकै सटहरू खेल्न थाल्छन्। यस्तो कन्डिसनमा कस्तो सट खेल्ने कस्तो नखेल्ने भन्ने लङ फर्म्याट ले आइडिया दिन्छ। स्पष्ट देखियो कि राम्रो बललाई पनि सम्मान नगरी सबै बललाई हिर्काउन खोजिरहेको थियो। गाह्रो भएको बलमा एक–दुई रन लिएर बिस्तारै झुर बललाई अट्याक गरेर १२०–३० रनको स्कोर भएको भए खेल जता पनि जान सक्थ्यो जस्तो लाग्छ।’

उस्तै स्तरको टिमविरुद्ध टस महत्त्वपूर्ण भएका पनि शरदले बताए। साथै, सानो स्कोर रक्षा गर्ने अभियानमा मैदानमा हतासिनु, क्याच गुमाउन पुग्नुले पनि नतिजामा फरक पारेको उनको बुझाई छ। उनीसँग यही टी–२० विश्वकप २०२४ र एक दशकअघि नेपालले विश्वकप २०१४ मा डेब्यू गर्दाको अनुभव समेटिएको छोटो वार्ता:

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अडिक यूईएफए

अडिक यूईएफए

रोड्रीको रोजाइमा परेन रियल

रोड्रीको रोजाइमा परेन रियल

रियलमै बस्ने भए भिनिसियस

रियलमै बस्ने भए भिनिसियस

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने