धनगढी । वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ६ बाट रुकुमका जीवन पुन मगर र जुम्लाका प्रशान्त लामा शुक्रबार छनोट भएका छन् ।
प्रदेश ६ संगै प्रदेश ५ र ७ को पनि संगसंगै धनगढीमा भइरहेको छनोट अन्तर्गत पुरुष ५२ केजीमा जीवनले सुर्खेतका समुद्र बस्नेत तथा ५६ केजीमा प्रशान्तले सुर्खेतका प्रकाश तारुङ मगरलाई फाइनलमा पराजित गरे ।
गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भइरहेको छनोटको प्रदेश ७ तर्फ महिला ४८ केजीमा कैलालीकी ज्योति चौधरी महिला ५४ केजीमा कञ्चनपुरकी निर्मला केसीले फाइनल यात्रा तय गरे ।
पुरुष ४९ केजीमा कैलालीका प्रकाश विष्ट र कञ्चनपुरका भानु विष्ट, ५२ केजीमा कैलालीका सागर मल्ल र बझाङका निर्मल सुवेदी, ५६ केजीमा कञ्चनपुरका महेन्द्र चन्द र कैलालीका आशिष विष्ट, ६० केजीमा कञ्चनपुरका रामबहादुर थापा, ६४ केजीमा कैलालीका विक्रम चौधरी, ६९ केजीमा कैलालीका सम्राट चौधरी तथा ७५ केजीमा कञ्चनपुरका सुरेश सिंह र डडेल्धुराका वीरेन्द्र शाही फाइनलमा पुगे ।
प्रदेश ५ को महिला ४८ केजीमा दाङकी जानकी थापा मगरले बाँकेकी रिता धराललाई हराउदै फाइनलमा स्थान सुरक्षित गरिन् ।
पुरुष ४९ केजीमा प्युठानका सुरज ओली, ५२ केजीमा रोल्पाका समिर चौधरी र पूर्व रुकुमका प्रशान्त झात्री मगर, ५६ केजीमा रोल्पाका रामप्रसाद पुन मगर र बाँकेका नवीन घर्ती, ६४ केजीमा रुपन्देहीका यादव थापा र बाँकेका विशाल रेग्मी, ६९ केजीमा दाङका विकास राना र बाँकेका यमराज चौलागाईं तथा ७५ केजीमा दाङका गणेश विक फाइनलमा पुगे ।