बक्सिङ टोली थाइल्यान्ड जाने
काठमाडौँ। बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।
मे २४ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्ने छन्। महिला ५४ केजीमा अन्जली तेलीले खेल्ने छिन्। प्रशिक्षकमा प्रकाश थापा मगर छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।
सदस्य–सचिव घिसिङले खेलाडीको हौसला बढाउँदै भने, ‘छनोट हुने राम्रो अवसर हो। उच्च मनोबलका साथ प्रदर्शन गर्नुहोला। पेरिस प्यारालिम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्द्धन र पेरिस ओलम्पिकमा टेबल टेनिसका श्यान्टु श्रेष्ठ छनोट भएर अहिले नेपाली खेलकुदमा सकारात्मक सन्देश प्रवाह भएको छ।’






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


