खोटाङ। खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममाया बूढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले जितेका छन्।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ-हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गतआयोजित २१ दशमलव ९७ किलोमिटर दूरीको हाफ म्याराथन प्रतियोगितामा बूढाले निर्धारित दुरी एक घन्टा २८ मिनेट ४६ सेकेन्डमा पार गरिन्। त्यसैगरि पुरुषतर्फ राईले एक घन्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरे।
उपाधि विजेता बूढा र राईले जनही७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। महिला विधातर्फ पूर्णलक्ष्मी न्यौपाने, दीपा बस्नेत, रुस्मा राई, सुजना राई, रञ्जना राई, नमूना राई र तनिसा राई क्रमश : दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ भएका छन्। उनीहरुले क्रमशः ५०, २५, १५, १०, ७ र ५ हजार नगद पुरस्कार प्राप्त गरे।
पुरुष विधातर्फ सञ्जय श्रेष्ठ, सुशीलकुमार शाही, राजेन्द्र तामाङ, विनोद रोकाया, भूमिराज राई र करण खड्का क्रमश: दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ भएका छन्। उनीहरुले क्रमशः ५०, २५, १५, १०, ७ र ५ हजार नगद पुरस्कार प्राप्त गरे।