काठमाडौँ। नेपाल टेनिस संघको आयोजनामा प्ले टेनिस कोर्स आइतबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुरू भएको छ। चार दिनसम्म चल्ने यो कोर्स टेनिसको आधारभूत प्रशिक्षक प्रशिक्षण कोर्स हो।
कोर्समा १८ जनाको सहभागिता रहेको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। उनीहरूलाई राष्ट्रिय ट्युटर राजकुमार लामा र छेवाङ लामाले प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षकद्वयलाई लेभल वान ट्युटर र लेभल २ कोच शरद लामाले सहयोग गरेका छन्।