काठमाडौं । नेपालको अपेरियल ब्राण्ड केटीएम सिटीले ‘बाइ वान, गेट वान’ अफर सार्वजनीक गरेको छ ।
आज बुधबारबाट लागू हुने गरि केटीएम सिटीले यो अफर बजारमा ल्याएको हो ।
अफर अनुसार ग्राहकले एउटा सामान किन्दा, अर्को सामान निशुल्क प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ । आफ्ना सबै सामानमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।
नेपाली ब्राण्ड केटीएम सिटीले सस्तो मुल्यमा गुणस्तरीय लुगा, कपडा नेपाली र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराउँदै आएको छ । समर र विन्टरका विभिन्न डिजाईनका लुगा नेपाली बजारमा लोकप्रिय छन् ।
ग्राहकहरुको मागलाई सम्बोधन गर्दै ‘बाइ वान, गेट वान’ अफर सार्वजनीक गरिएको केटीएम सिटीले जनाएको छ ।
नेपालको स्पोर्ट्स अपेरियल ब्राण्डको रुपमा आफुलाई स्थापित गरेको केटीएम सिटी फेसन र आम जिवनशैलीलाई केन्द्रित गर्दै आफ्ना सामान बजारमा उपलब्ध गराउँदै आएको छ ।