मोरङ । प्रथम राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक मोरङ जिल्ला ब्याडमिन्टन संघले मंगलबारबाट सुरु हुने प्रतियोगिता तयारी पुरा भएको जनाएको हो ।
विराटनगरस्थित सहिद रंगशालाको कभर्डहलमा हुने प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीहरु प्रतियोगिता स्थलमा आईसकेको संघका सचिव एवं नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा यु – १५ ब्वाईज र गल्र्स एकल तथा यु–१९ ब्वाईज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पहिलो हुनेले २ सय, दोश्रोले १ सय र तेश्रो हुनेले ५० युएस डलर नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गर्ने संघले जनाएको छ ।