पोखरा। तेस्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनमा आइतबार सम्पन्न फाइनलमा दर्शिलले यू–१६ सिंगल्स र ओपन ब्वाइज डबल्सतर्फ उपाधि जितेका हुन्।
उनले यू–१६ सिंगल्सतर्फ सृजन भट्टराईलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे। ओपन डबल्सतर्फ शाश्वत बज्राचार्यसँग जोडी बनाएका दर्शिलले स्पन्दन उदास र एड्रिन थापाको जोडीलाई फाइनलमा ६–२, ६–२ को सेटमा पराजित गरे।
आइतबार सम्पन्न यू–८ ब्वाइज सिंगल्सको रोचक भिडन्तमा जिवाश भट्टराईले कायान चालिसेलाई सुपरटाई ब्रेकमा ११–९, ६–१० र ११–९ ले पराजित गर्दै पहिलो हुन सफल भए। त्यसैगरी, यू–९ सिंगल्समा कायानलाई नै इभान भट्टराईले ४–२, ४–१ को सोझो सेटमा पराजित गरे।
यू–१४ गर्ल्स सिंगल्समा शाल्भी शेरचनले सरिशा शेरचनलाई ६–१, ६–३ ले पराजित गर्दा ब्वाइज तर्फको फाइनलमा सन्दीप विकले दोजन गुरुङलाई ६–०, ६–४ को सोझो सेटमा पराजित गरे।
त्यस्तै, यू–१२ अन्तर्गत ब्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६–१, ६–४ ले पराजित गरे।