मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

शशांक, जसलाई पञ्जाबले गल्तीले किनेको थियो

शुक्रबार, २३ चैत्र २०८०खेलपाटी संवाददाता
शशांक, जसलाई पञ्जाबले गल्तीले किनेको थियो
Loading ad...
mustang rice ad

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ खेलमा गुजरात जाइन्ट्सले दिएको २०० रनको लक्ष्य पछ्याइरहेको पञ्जाब किंग्स एक समय ४–७० को स्थितिमा थियो।

८.४ ओभर सकिँदा उसका स्टार खेलाडी शिखर धावन, जोनी बेयरस्टो, प्रभसिमरन सिंह र सैम करन आउट भइसकेका थिए।

त्यतिखेर धेरैलाई लागिसकेको थियो पञ्जाब बढीमा ९० रन बनाएर अलआउट हुन्छ र सहजै गुजरातले खेल जित्छ। तर, छैटौँ नम्बरमा कृजमा उत्रिएका ३२ वर्षीय शशांक सिंहले खेलको रूपरेखा नै परिवर्तन गर्दिए। 

स्टार खेलाडी पेभिलियन फर्किसकेको अवस्थामा उनले २९ बलमा ६ चौका र ४ छक्कासहित अविजित ६१ रनको इनिङ्स खेले। एक बल बाँकी रहँदा टोलीलाई ३ विकेटको जित दिलाए। उत्कृष्ट प्रदर्शनका गरेसँगै उनलाई ‘प्लेयर अफ द म्याच’को अवार्डसमेत प्रदान गरिएको थियो।

शशांकले यसअघि पञ्जाबका लागि रोयल च्यालेन्जर बेंग्लुरूविरुद्ध पनि महत्त्वपूर्ण इनिङ्स खेलेका थिए। शशांक त्यही ब्याट्सम्यान हुन्, जसलाई आईपीएल अक्सनमा पञ्जाबले गल्तीले किनेको थियो। 

छत्तीसगढका ब्याट्सम्यान शशांकको नाम अक्सनमा राखिएको थियो। तर, अन्य कुनै टोलीले उनलाई किन्न चासो देखाएनन्। यसैबीच, पञ्जाबका मालिक प्रीति जिन्टा र नेस वाडियाले उनलाई आधार मूल्यमा किन्न ‘पेडल’ उठाए। 

३२ वर्षीय खेलाडीलाई पञ्जाबले आधार मूल्यमा मात्रै टोलीको हिस्सा बनाएको थियो। अक्सनमा १९ वर्षका अर्का शशांक सिंह थिए। केही समयपछि पञ्जाबले आफूले किनेको खेलाडी अर्को रहेको पत्तो पायो। 

उनीहरू यसबारे जानकारी गराए र खेलाडी फिर्ता गर्न माग गरे। तर, नियमअनुसार अक्सनमा बेचिएको खेलाडी फिर्ता नहुने भएकाले पञ्जाबले शशांकलाई चित्त दुखाई दुखाइ आफ्नो टोलीमा समावेश गर्नुपरेको थियो।

पछि यो कुरालाई लिएर सामाजिक सञ्जालमा पञ्जबको खुब ट्रोल भयो। त्यसपछि पञ्जाबले ‘एक्स’मा पोस्ट राख्दै यसको खण्डन पनि गर्‍यो। उसले लेख्यो– शशांकलाई किनेर सन्तुष्ट छौँ।

तीनै शशांक आईपीएल अक्सनमा भएको आफ्नो अपमान बिर्सेर ‘फ्लोर टू अर्श’मा आएका छन्। शशांकको जन्म छत्तीसगढको भिलाईमा भएको थियो। उनका बुबा आईपीएस अधिकारी हुन्। जसका कारण शशांक बाल्यकालमा धेरै ठाउँमा बसाइ सरिरहन्थे। जब उनका बुबा जबलपुरमा नियुक्त भए, उनी पहिलोपटक क्रिकेट एकेडेमीमा भर्ना भए र खेल्न थाले।

त्यसपछि शशांक मुम्बई पुगे। त्यहाँ पुगेको केही समयपछि क्रिकेट सजिलो खेल नभएको उनले महसुस गर्न थाले। त्यसपछि छत्तीसगढ फर्किएर खेती किसानीमा रमाउन थाले। सन् २०१५ मा उनले मुम्बईबाट सैय्यद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफीमा खेल्ने मौका पाए।

तर, ब्याटिङका ​​साथसाथै अफ स्पिन बलिङ गर्ने शशांकले ४ सिजनमा मुम्बईका लागि मात्रै १५ टी–२० र तीन लिस्ट ‘ए’ खेल्ने मौका पाए। यसबाट उनी निकै निराश भए। टोलीभित्र र बाहिर भइरहने भएको कारण उनी छत्तीसगढ नै फर्किए। २०१८–१९ सिजनमा उनले पुडुचेरीका लागि एउटा लिस्ट ‘ए’ खेल पनि खेले।

छत्तीसगढ गएपछि शशांकले थप अवसर पाउन थाले। उनले प्रथम श्रेणीमा डेब्यू गर्ने मौका पनि पाए। सन् २०२३ मा उनले विजय हजारे ट्रफीमा १५० भन्दा बढी रन बनाए र ५ विकेट लिए। यो सफलता हात पार्ने उनी पहिलो भारतीय क्रिकेटर हुन्।

लिस्ट ‘ए’ का ३० खेलमा शशांकले ४१ को औसत र ११० को स्ट्राइक रेटमा ९८६ रन बनाएका छन्। उनले २१ प्रथम श्रेणीमा ८५८ रन बनाएका छन्। ५९ टी–२० मा १४१ को स्ट्राइक रेटमा ८१५ रन बनाएका छन्। यसबाहेक उनको नाममा ६० विकेट पनि छ।

शशांक आईपीएल २०१७ मा दिल्लीको टोलीमा थिए। त्यसपछि सन् २०१९ देखि २०२१ सम्म राजस्थान रोयल्ससँग रहे। उनलाई दुवै टोलीले खेल्ने मौका भने दिएनन्। 

सन् २०२२ को आईपीएलमा उनी सनराइजर्स हैदराबादमा आबद्ध भए। उनले लोकी फर्गुसनविरुद्ध ह्याट्रिक छक्का प्रहार गरे। आईपीएलका ९ इनिङ्समा शशांकले १७४ को स्ट्राइक रेटमा १६० रन बनाएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य