मंगलबार, ०८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पृथ्वी र उनको ‘रोलर कोस्टर राइड’

सोमबार, १९ चैत्र २०८०खेलपाटी संवाददाता
पृथ्वी र उनको ‘रोलर कोस्टर राइड’
Classic Tech Internet Ad

काठमाडौँ। ऋषभ पन्तसँगै पृथ्वी पृथ्वी दिल्ली क्यापिटल्सले २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनका लागि राखेका चार खेलाडीमध्ये थिए। पृथ्वीभित्र कति सम्भावना छ भन्ने कुरा दिल्लीको होम ग्राउन्ड विशाखापट्टनममा राखिएको होर्डिङ र पोस्टरमा रहेको तस्विरले पनि प्रमाणित गर्छ।

हरेक खेलाडीको करिअरमा उतारचढाव हुन्छ। यसबीचमा खेलाडीले समाधान पक्कै खोज्छन्। तर, पृथ्वीले आफूलाई आवश्यक पर्ने लय समात्न सकेनन्।

पछिल्लो १४ आईपीएल इनिङ्समा उनको नाममा एक मात्र अर्धशतक छ। पृथ्वीले सन् २०१८ मा आफ्नो टेस्ट क्रिकेट डेब्यूमा उत्कृष्ट शतक बनाएर हेडलाइन्स बनाएका थिए।

तर, त्यसपछि पृथ्वको फर्म र फिटनेसमाथि प्रश्न उठ्यो। पृथ्वीले भारतीय टोलीबाट ५ टेस्ट, ६ एक दिवसीय र एक टी–२० खेल खेलेर आफ्नो स्थान छाड्नुपर्‍यो। पृथ्वीलाई अन्तिम पटक दुई वर्षअघि भारतीय टोलीको जर्सीमा देखिएको थियो। 

गत वर्ष आईपीएलमा पनि खराब प्रदर्शनका कारण पृथ्वीलाई बाहिर राखिएको थियो। त्यसपछि उनी इङ्ल्यान्ड गए र नर्थह्याम्प्टनशायरका लागि २४४ रनको इनिङ्स खेले ।

घरेलु सिजनमा उनीबाट धेरै अपेक्षा गरिएको थियो। तर, घुँडाको चोटले उनीबाट आफूलाई प्रमाणित गर्ने यो अवसर खोस्यो।

शनिबार रिकी पोन्टिङले पृथ्वीले विगत केही सातादेखि धेरै मिहिनत गरिरहेको र उनले ‘प्लेइङ इलेभेन’मा छनोट हुने दावेदारी पनि प्रस्तुत गरिरहेको बताएका थिए।

‘यदि पृथ्वीले नेटमा प्रभाव पारे भने उनी चेन्नईविरुद्धको खेलका लागि छनोट हुन सक्छन्,’ उनले भनेका थिए। उनले नेटमा प्रभाव पारे पारेनन् त्यो उनीहरूले नै जानुन्। तर, आइतबार चेन्नईविरुद्धको खेलमा भने उनले आफ्नो स्थान सुरक्षित गरे।

ओपनिङमा आएका पृथ्वीले २७ बल खेले। १५९.२५ को स्ट्राइक रेटमा ४३ रन बनाएका उनले ४ चौका र २ छक्का प्रहार गरे। तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले चेन्नईबाट चमत्कारी प्रदर्शन गरिरहेका छन्। उनी ‘पर्पल क्याप’का मुख्य दाबेदार हुन्।

तर, सिजनको आफ्नो पहिलो खेलमा पृथ्वीले उनलाई निरास बनाए। मुस्ताफिजुरको स्पेलको पहिलो ओभरमा पृथ्वीले ह्याट्रिक चौका प्रहार गरे। दुई चौका थर्ड म्यानतर्फ लागे भने एक कभर पोइन्ट बाउन्ड्रीभन्दा पर पुग्यो। यो ओभरमा दिल्लीले २० रन बनाएको थियो। 

पछिल्लो दुई खेलमा दिल्लीले राम्रो शुरूआत गर्न सकेको थिएन। तर, पेभिलियन फर्किनुअघि पृथ्वीले डेभिड वार्नरसँग मिलेर पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे। दुबैले करिब १० को रनरेटमा बलरलाई चुटे। 

दुवैले रविन्द्र जडेजाविरुद्ध खुलेका खेलेका थिए। अर्धशतकनजिक पुगेका उनलाई ११औँ ओभरको चौथो बलमा जडेजाले आउट गरे। अफ स्टमबाट बाहिर आएको लेन्थ बललाई कट गर्नेक्रममा उनी चेन्नईका विकेटकिपर महेन्द्रसिंह धोनीबाट क्याच भएका हुन्।

वार्नर भने १०औँ ओभरको तेस्रो बलमा रिभर्स स्कुप प्रहार गर्ने चक्करमा ५२ रनमै आउट भएका थिए। यसअघि पृथ्वीको सट्टा दिल्लीले पहिलो दुई खेलमा आन्ध्र प्रदेशका ब्याट्सम्यान रिकी भुईलाई मौका दिएको थियो। मुख्य प्रशिक्षक पोन्टिङ पृथ्वीको फिटनेसबाट सन्तुष्ट नभएको बताइन्छ।

तर, निर्देशक शैरभ गांगुल भने उक्त कुरा अस्वीकार गर्छन्। दिल्लीको मध्यक्रममा खाली रहेको कारण भुईलाई मौका दिएको उनको जिकिर छ। तर, भुईले पहिलो दुई खेलमा आफ्नो प्रदर्शनले प्रभाव पार्न सकेनन्। यस्तो अवस्थामा दिल्लीले पृथ्वीलाई ‘प्लेइङ इलेभेन’मा समावेश गरेको हो। 


अनुभवी खेलाडीले चुनौतीहरूलाई आफ्नो खेल सुधार गर्ने अवसरको रूपमा हेर्छन्। मैदानभित्र र बाहिर दुवै ठाउँमा पृथ्वीले त्यो चुनौतीको सामना गर्नुपरेको छ। यद्यपि, उनी २४ वर्षका छन् र करिअरको ‘रोलर कोस्टर राइड’ कस्तो हुन्छ भनेर अनुभव गरिसकेका छन्। 

चेन्नईविरुद्ध मैदानमा आउनेबित्तिकै पृथ्वीले त्यो देखाएपनि। त्योसँगै टोलीमा स्थान बनाउन आफू हकदार भएको कुरा उत्तिकै देखाएका छन्। आशा छ, उनले चेन्नईविरुद्ध समातेको लयलाई छाड्ने छैनन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

Bajaj Pulsar Motorcycle Ad
नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा