शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

शतक कुरेका लोकेश

शुक्रबार, १६ चैत्र २०८०खेलपाटी संवाददाता
शतक कुरेका लोकेश
Loading ad...
mustang rice ad

काठमाडौँ। सन् २०२२ फेब्रुअरी १२ मा यूएई, ओमान, आयरल्यान्ड र नेपालसम्मिलित टी–२० आई शृंखला हुँदा लोकेश बमलाई उदयमान खेलाडीको रूपमा टोलीमा समावेश गरिएको थियो।

तर, विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रूपमा ओमानमा आयोजना भएको शृंखलामा न नेपालले राम्रो गर्‍यो, न त लोकेशको व्यक्तिगत प्रदर्शन नै आशा गरेअनुसार हुन सक्यो।

‘पावर हिटर’ को रूपमा उदाएका उनलाई त्यसबेला मुख्य प्रशिक्षक पुबुदु दासानायकेले मध्यक्रममा प्रयोग गरेका थिए। तर, अपेक्षित प्रदर्शन गर्न नसकेका लोकेशको स्थान अस्थिर हुँदै गयो। उनी तेस्रो र पाँचौँ हुँदै सातौँ नम्बर अर्थात् ‘फिनिसर’को रूपमा झरे।

त्यही ‘पोजिसन’ पनि आदिल अन्सारीले खासेसँगै ‘डेब्यू’ गरेकै वर्ष लोकेशले राष्ट्रिय टोलीबाट आफ्नो स्थान गुमाए। उही लोकेशले शुक्रबार आयरल्यान्ड उल्भ्सविरुद्ध ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रनको इनिङ्स खेलेका छन्।

योसँगै उनले सिनियर टोलीको ढोकामात्रै ढक्ढकाएका मात्रै छैनन्, ओपनिङमा राम्रो विकल्प बन्न सक्ने संकेत पनि उत्तिकै देखाएका छन्।

‘म बलको मेरिटमा खेलिरहेको थिएँ। बल एकदमै ब्याटमा आइरहेको थियो। बाउन्ड्री सानो थियो। त्यसैले चौका छक्का लागिरहेको थियो,’ खेलपछि उनले भने, ‘तर, सिनियर टोलीको सेलेक्सन के हो त्यो चाहिँ थाहा छैन। जे होस् आजको इनिङ्सले मोटिभ चाहिँ दिएको छ।’

लोकेश पहिलोपटक टोलीमा पर्दा यस्तै तुफानी इनिङ्स खेलेका थिए। सन् २०२२ मा आयोजना भएको प्रधानमन्त्री एक दिवसीय कपको सेमिफाइनलमा धनगढीका २१ वर्षीय ब्याटर लोकेशले पूर्व क्लब आर्मीविरुद्ध आक्रामक ब्याटिङ गर्दै १८ बलमा ५० रन बनाए। सोही इनिङ्स देखेका पुबुदुले आफ्नो टोलीका लागि लोकेशलाई उपयुक्त देखे। प्रधानमन्त्री कप सकिएको भोलिपल्टै उनले अन्तिम १६ सदस्सीय राष्ट्रिय टोलीमा स्थान बनाए।

त्यतिखेर पनि उनलाई आफूले खेलेको एक इनिङ्सले राष्ट्रिय टोलीको ढोका खोलिन्छ भन्ने लागेकै थिएन। लागेस पनि किन? यसअघि पटकपटक उनी बन्द प्रशिक्षणमा पर्दै बाहिरिँदै आएका थिए। त्यसैले उनले बढीमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको लागि ‘कलअप’ चाहिँ हुन सक्ने सम्भावना देखेका थिए।

‘सेमिफाइनलभन्दा अगाडि राष्ट्रिय टोलीमा पर्छु भन्ने लागेको थिएन। तर, सेमिफाइनलको त्यो प्रदर्शनले क्याम्पसम्म आउँछु भन्ने चाहिँ लागेको थियो,’ टोलीमा परेपछि उनले भनेका थिए।

सन् २०२२ फेब्रुअरी १२ मा यूएईविरुद्ध डेब्यू गर्दै लोकेशले २१ बलमा ३३ रन बनाएका थिए। यद्यपि, उक्त खेल नेपालले २५ रनले पराजित भयो। सोही प्रदर्शन देखेर पुबुदुले दोस्रो खेलमा आयरल्यान्डविरुद्ध पनि लोकेशलाई मौका दिए। तर, उनी पहिलो खेलमा झैँ चल्न सकेनन्। ८ बल खेलेका उनले ६ रनमात्रै बनाउन सके।

यद्यपि, पुबुदुले लगत्तै भएको टी–२० विश्वकप ग्लोबल छनोटमा उनलाई नै मौका दिए। तर, उनी एकपछि अर्को गर्दै ‘फ्लप’ भइरहे। ५ खेलमध्ये ३ इनिङ्समा मौका पाएका उनी एक पटक ‘गोल्डेन डकआउट’ भए। बाँकी दुई इनिङ्समा उनले २२ रन मात्रै प्रहार गरे।

त्यसपछि कीर्तिपुरमै भएको पपुवा न्यू गिनी र मलेसिया सम्मिलित त्रिदेशीय टी–२० आई शृंखलाको पहिलो खेलसम्म उनलाई पुबुदुले कुरे।

तर, चल्ने छाँटकाँट नदेखिएपछि पपुवा न्यू गिनीविरुद्ध ५ रन बनाएका उनको स्थानमा आदिल अन्सारीलाई मौका दिए। अलराउन्डर आदिलले त्यस मौकालाई सदुपयोग गर्दै ३ इनिङ्समा ६० रन बनाए। करिअरले गति नलिँदै लोकेशको स्थान खोसियो।

पुबुदुले राष्ट्रिय टोलीबाट राजीनामा दिएसँगै मनोज प्रभाकर र मोन्टी देसाईं राष्ट्रिय टोली सम्हाल्न आइपुगे। तर, बीचमा घरेलु प्रतियोगिता आयोजना नहुँदा लोकेशले राष्ट्रिय टोलीमा पुनरागमन गर्नै सकेनन्।

केही महिला अगाडि प्रधानमन्त्री कप त आयोजना भयो, तर उनी चल्न सकेनन्। विभागीय टोली एपीएफबाट खेलेका उनले ८ इनिङ्समा एक अर्धशतकसहित १२५ रन जोड्न सके।

यद्यपि,क्यानडा ‘ए’ विरुद्धको पहिलो शृंखला खेल्दा नसमेटिएका लोकेशलाई हङकङमा भएको घरेलु टोली, पपुवा न्यूगिनीसँग भएको त्रिकोणात्मक टी–२० शृंखलाका लागि भने देसाईंले टोलीमा समेटे।

तर, उनको प्रदर्शन पुनः एकपटक निराशाजनक रह्यो। पपुवा न्यू गिनीविरुद्ध दुई इनिङ्स खेलेका उनले २० रन मात्रै बनाउन सके। पटकपटकको निराशाजनक प्रदर्शनबाट उनी सायद आजित भइसकेका छन्। त्यसैले शुक्रबार शतक प्रहार गर्दा उनले आफ्नो आशु थाम्न सकेनन्।

५२ बलमा शतक प्रहार गर्नेबित्तिकै उनी समर्थकनजिक पुगे र सेलिब्रेसन गरे। ‘यो मुमेन्टको लागि धेरै पहिलादेखि कुरिरहेको थिए। मैले तयारी पनि गरिरहेको थिएँ। यो गेममा राम्रो गर्नुपर्छ भन्ने लागेको थियो। त्यसैले अलिकति इमोश्नल पनि भइरहेको थिएँ,’ उनी भन्छन्, ‘हामीसँग विकेट थियो, आरिफ दाइ (शेख)सँग कुरा गर्दै खेलिरहेको थिएँ। म आउट भएपछि दाइ हुनुहुन्थ्यो। तर, जित्न सकेनौँ, दुःख लाग्छ।’

लोकेश र आरिफले चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए।  १५.६ ओभरमा फिओन ह्यान्डको बललाई प्रहार गर्ने क्रममा लोकेश डीप प्वाइन्टमा थोमस मेयरबाट क्याच आउट भए।

नेपाललाई अन्तिम १८ बलमा जितको लागि ३० रन चाहिएको थियो। तर, १८औँ ओभरको दोस्रो बल खेल्दै गर्दा मध्यक्रमका आरिफ शेख म्याथ्यू हम्फ्रेजको बलमा थोमस मेयरबाट गल्लीमा क्याच आउट भएपछि आयरल्यान्डले खेलमा पुनरागमन गर्‍यो।

नेपालले स्कोरमा ७ रन थप्दा किरण ठगुन्ना २ र बसिर अहमदलाई ३ रनमा गुमायो। राशिद खान, कमलसिंह ऐरी र हेमन्त धामीले खाता खोल्न सकेनन्। सागर ढकाल १ रनमा अविजित रहे। एक रन भने अतिरिक्त आएको थियो।

११ टी–२० आई खेल खेलिसकेका लोकेशले ८६ रन बनाइसकेका छन्। अहिले उनी ब्याटिङका अलवा विकेटकिपङ पनि गरिरहेका छन्। अहिले नेपाल ‘ए’ टोलीमा विकेटकिपङका लागि कप्तान विनोद भण्डारीसँगै अर्जुन साउद र अर्जुन कुमाल पनि छन्। त्यसैले आफूले कहिलेकाहीँ विकेटकिपिङ गरिरहेपनि आफ्नो फोकस भनेको ओपनिङमै रहेको उनी बताउँछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था

अडिक यूईएफए

अडिक यूईएफए

रोड्रीको रोजाइमा परेन रियल

रोड्रीको रोजाइमा परेन रियल

रियलमै बस्ने भए भिनिसियस

रियलमै बस्ने भए भिनिसियस

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने