रुपन्देही । बुटवलमा जारी दोस्रो मेयर तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा मेन्स ओपनको क्वाटरफाइनल समिकरण पुरा भएको छ ।
बुधबार प्रि–क्वार्टरफाइनलको खेलमा आर्यन गिरीले नेहाल जेबी थापालाई ६–३, ६–० को सेटमा हराए । प्रवण मानन्धरले आयुष्मान धलेलाई ६–०, ६–० को सेटमा, प्रणव खनालले निश्चल कायस्थलाई ६–०, ६–२ को सेटमा पाखा लगाए ।
निशान श्रेष्ले बिष्णु नेपालीलाई ६–१, ६–३ को सेटमा तथा आशिष खड्काले सास्वत बज्राचार्यलाई ६–०, ६–३ को सेटमा पराजित गरे ।
सक्षम बिक्रम शाहले उर्जेन शेर्पालाई ६–१, ६–३ को सेटमा हराउँदा ऋतिक राणाले बिबेक गर्बुजालाई ६–३, ६–१ को सेटमा पराजित गरे ।
नेपाल च्याम्पियन प्रदीप खड्काले दर्शील श्रेष्लाई ६–२, ७–५ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।
यस्तै, ५५ वर्षमाथिको मेन्स सिंगल्समा बिमल गुरुङ्गले विष्णु थापालाई ६–०, ६–० को सेटमा हराए । चन्द्र शाहीले बिनोद कायस्थलाई ६–२, ६–३ को सेटमा हराउँदा विष्णु हमालले हर्क गुरुङ्गलाई ६–२, ६–० को सेटमा पाखा लगाए ।
राजीव श्रेष्ठले पदम गुरुङ्गसँग वाक ओभर पाउँदै सेमिफाइलनमा स्थान बनाए ।
मेन्स ४५ वर्षमाथिको स्पर्धामा रोहित सुनुवारले किम जी मानलाई ६–२, ६–० को सेटमा हराए । कमल भण्डारीले रामु बिकेलाई ६–०, ६–० सेटमा हराउँदा माधव भण्डारीले अर्जुन गुरुङ्गलाई ४–६, ६–१ र १०–४ को सेटमा पाखा लगाए । गोपी भट्टराईले शरण गुरुङ्गलाई ४–६, ६–१ र १०–८ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।