काठमाडौं । प्यारागन पब्लिक स्कुलले द चाँदबाग स्कुल दोश्रो कम्फेस्ट अन्तर्गत बास्केटबलको उपाधि जितेको छ ।
शुक्रबार सम्पन्न यू १२ उमेर समूहको प्रतियोगितामा प्यारागनको ब्वाइज टिम बास्केटबलतर्फको च्याम्पियन बनेको हो ।
ब्वाइज बास्केटबलको फाइनलमा प्यारागनले मनास्लुलाई १६–८ ले हरायो । प्यारागनका अभिषेक घर्ती ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
गल्स बास्केटबलको उपाधि भिडन्तम बौद्धले चेल्सी वल्ड स्कुलको चुनौती १४–१२ ले पन्छायो । बौद्धकी जस्मिन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ बनिन् ।
विजेतालाई यु–१६ राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक चक्रबहादुर तामाङ, चाँदबागका अध्यक्ष दामोदर लामिछाने, सीजी एडुकेसनकी बिज्नेस युनिट हेड गर्ली अग्रवाल, सीजी एडुकेसनका शैक्षिक प्रमुख भुषण गुरुङ, प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।
फागुन ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज-गल्स बास्केटबलमा समान १२–१२ टिमले प्रतिस्पर्धा गरेका थिए ।