काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २० औं संस्करणका चार विधाका उत्कृष्ट तीन जनाको नाम सार्वजनीक गरिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार विधाका उत्कृष्ट तीन जना खेलाडीको नाम सार्वजनीक गरेको हो ।
यस वर्ष युवा खेलाडीको शीर्ष तीनको छनोटमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ परेका छन् ।
वर्षका उत्कृष्ट प्रशिक्षकको शीर्ष तीनमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा परेका छन् ।
यस्तै, वर्षको उत्कृष्ट पुरुष खेलाडीको शीर्ष तीनमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल तथा एथलेटिक्सका दीपक अधिकारी परेका छन् ।
वर्षको उत्कृष्ट महिला खेलाडीको शीर्ष तीनमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं परेका छन् ।
यसपटक चार विधामा ८–८ जनाको मनोनयन सार्वजनिक गरिएको थियो । त्यसमध्य उत्कृष्ट तीनको छनोट शुक्रबार सार्वजनीक गरिएको हो । उत्कृष्ट तीनबाट कार्यक्रमको दिन विजेता चयन गरिने आयोजकले जनाएको छ ।
अवार्ड कार्यक्रम माघ २८ गते आईतबार होटल याक एण्ड यतिमा हुनेछ ।