शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
  4. /
  5. नेपालकै शाहसीक रेस : मोटो ईन्डुरो 

नेपालकै शाहसीक रेस : मोटो ईन्डुरो 

२०२४ जनवरी ३०, मङ्गलबारखेलपाटी संवाददाता

नेपालकै शाहसीक रेस : मोटो ईन्डुरो 

कमला आचार्य, किरण धिताल

नेपालमा मोटरसाईक्लिङ रेसिङको ईतिहास लामो छैन । एक दशक अगाडिबाट मात्र नेपालमा संस्थागत रुपमा मोटरसाईकल रेसिङका विभिन्न विधाहरु शुरु भएका हुन् । यो अवधिमा रेसिङका हजारौं खेलाडी (राईडर्स) र लाखौ दर्शक बनिसकेका छन् । आज नेपाली खेलकुद, नेपाली एडभेन्चर्स र नेपाली अटोमोबाईलको एउटा मुख्य अंग बन्न पुगेका छन् रेसिङ, र्याली र टुरिङका ईभेन्टहरु ।

यसै सन्दर्भमा नेपालकै मोटरसाईकल रेसिडको ईतिहासमा एउटा नयाँ र रोमाञ्चक ईभेन्ट मोटो ईन्डुरो क्रस च्याम्पियनसिप आगामी अप्रिल ५ र ६ गते पोखरामा सञ्चालन हुन गईरहेको छ । पोखरा मनपा वडा नं २३ बाम्दीमा आयोजना गरिने सो प्रतियागीतामा ३ देखी ४ किमीको अस्थायी ट्रयाक डिजाईन गरिने छ । जसका लागि बाम्दी भिर उपभोत्ता वन समिति र वडा कार्यलयले समेत सहयोग गरी रहेका छन् ।

विकास र शान्तिका लागि विश्व खेलकुद दिवस २०२४ को उपलक्ष्यमा हुने सो रेसिङ्गमा ३० जना प्रतिस्पर्धिले भाग लिने अनुमान गरिएको क्लवका अध्यक्ष सोनिक क्षेत्रीले बताउनु भएको छ । प्रतियोतिगाको सम्पुर्ण खर्च ३० लाख अनुमान गरिएको र सो रकम दर्ता शुल्क, स्पोन्सरसिप, पार्टनरसिप, गण्डकी प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका लगायत सुभेच्छुकबाट अपेक्षा गरिएको क्षेत्रीको भनाई छ । एक विधामा आयोजना गरिने रेसिङमा महिला र पुरुषको छुट्टा छुट्टै ईभेन्ट हुनेछ भने सहभागी दर्ता शुल्क १७ हजार हुनेछ । सोही शुल्कले २ रात ३ दिनको आवास र खाना, पाँच लाख बराबरको दुर्घटना विमा र एक लाखको मेडिकल विमा कभर हुनेछ ।

विजेताहरु प्रथम, दोस्रो र तेस्रोले क्रमश १ लाख ५० हजार, १ लाख र ५० हजार प्राप्त गर्नेछन् भने त्यसको लागी न्यूनतम ८ जना भन्दा ज्यादा राईडर्स हुनुपर्नेछ । महिला वा पुरुष दुवै विधामा ८ जना वा सो भन्दा कमको सहभागीता रहेमा प्रथम पुरस्कार मात्र प्रदान गरिनेछ साथै प्रमाण पत्र र गिफ्ट ह्याम्पर टप ५ समेतले प्राप्त गर्नेछन् ।
सम्पूर्ण सहभागीको मोटरसाईक्लिङ राईडिङ लाईसेन्स (सरकारी) अनिवार्य हुनुपर्नेछ भने नासा नेपालको स्पोर्टस लाईसेन्स समेत अनिवार्य छ, जुन गण्डकी अटोमोबाईल्स एसोसिएसनले नासा नेपालसंगको समन्वयमा वितरण गर्नेछ । त्यसको लागी एकदिने ओरिन्टेसन र अभ्यास अनिवार्य गरिएको छ ।

नेपाली युवामा शाहसीक खेलकुद प्रतिको रुचि अत्याधिक बढिरहेको अवस्थामा पोखराको शाहसीक खेलकुदमा यस ईभेन्टले महत्वपुर्ण प्रभाव पार्नेछ । पर्यटकीय राजधानीको बहस चलिरहेको सन्दर्भमा साहसीक पर्यटनको हबको लागी पोखरा आसपासका क्षेत्र विश्वकै रेसिङ पारखीको ध्यानाकर्षण गर्नेछ ।अन्तराष्ट्रियस्तरमै रेसिङका दर्जनौ विधाहरु छन्, जसलाई विश्वव्यापी रुपमै एफआईए र नेपालमा नेपाल अटोमोबाईल्स एसोसिएसनले नियमन गर्ने गर्दछन् । पोखरास्थित पोखरा राईडर्स क्लब नेपाल अटोमोबाईल्स एसोसिएसनमा आवद्ध क्लब हो, जसले यस ईभेन्टको लागि गण्डकी खेलकुद परिषद तथा जिखेविस कास्की र महानगर खेलकुद विकास समितिमा समेत आबद्ध हुने प्रक्रियामा रहेको छ ।
प्रतियोगीतामा सहभागी हुनेले सम्पुर्ण सुरक्षाको जिम्मेवारी स्वयम् रहेको प्रमाणित गनुपर्ने, सुरक्षित गियर एण्ड ग्याजेटको ब्यवस्बथा स्वयम् गर्नुपर्ने तथा परिवारको स्विकृतीनामा र खेलस्थलमा गार्जियनरलिगल गार्जियनसहित साक्षीको समेत व्यवस्था गर्नुपर्नेछ । सामान्यतय २ सयदेखि ३ सय सम्मका डर्ट बाइकहरुलाई मात्र समावेश गरिने सो रेसिङमा पोखरा–जोमसोम बाइक टरिङसंग समेत सहकार्य रहने छ ।

खेलाडीको कुशलता, सृजनशीलता र शाहसको संयोजन रहेको रेसिङमा नेपाल भरिका राईडर सहभागी हुन सक्नेछन् जसको लागी खेल सञ्चालन नियामावली छिट्टै सार्वजनिक गरिनेछ । कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्न जगत धौलिको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ । साइकिलिङ्ग क्लवको रुपमा स्थापित सो क्लवको यो पहिलो मोटरसाइक्लिङ्ग भएकोले प्रदेश संघ तथा केन्द्रिय संघको समेत प्रत्यक्ष संलग्नता र सहयोग रहने गण्डकी अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठको भनाई छ । रोडरेस, मोटोक्रस, ईन्डुरो जस्ता ईभेन्ट विश्वमै अत्यन्तै साहसिक मानिन्छन्, जसको संयोजन गरी यस किसिमको ईभेन्टको डिजाईन गरिएको हो; जहाँ पिच, बगर, हिलो, पानी तथा जंगल समेतको संयोजन गरिएको छ । तालिम प्राप्त मार्शलहरुद्वारा सञ्चालन गरिने सो ईभेन्टको लागी ३० जनालाई मार्शलको तालिमको दिईनेछ भने ७० जना स्वयम् सेवक, सुरक्षाकर्मी, एम्बुलेन्स सहितको स्वास्थ्यकर्मी तथा रेस्क्युको लागी एटीभी समेत व्यवस्था गरिनेछ ।

रेसमाण्डु, क्रसमाण्डु, नेपाल रोड रेसिङ्ग, डिटिएक्स र रेसनारि जस्ता विभिन्न रेसिङ्गका राष्ट्रियस्तरका प्रतिस्पर्धाहरु नेपाल अटोमोवाइल्स एसोसिएसनसँगको आवद्धतामा भइरहेको सन्र्दभमा पोखरा मोटो ईन्डुरो क्रस च्याम्पियनसीपले पनि नेपाली रेसिङ्गमा नयाँ आयाम थप्ने विश्वास गर्न सकिन्छ । इन्टरनेश्नल मोटरसाइकल फेडेरेसन र इन्टरनेश्नल अटोमोवाइल फेडेरेसनसँग सम्बधित इभेन्टहरु भइरहेको अवस्थामा हाल नेपाल अटोमोवाइल्स एसोसिएसनले इन्टरनेश्नल मोटरबोट यूनियनको समेत सदस्य भइसकेकोले तालहरुको शहर पोखरामा पावर बोटिङ्ग र जेटस्की समेतको शाहसीक रेसिङ्गको सम्भावना बढेर गएको छ ।

नेपाली युवाहरुमा लोकप्रिय मोटरसाइकल आज यातायतको साधन मात्र नभई मनोरञ्जन, खेलकुदको माध्यम र पर्यटनको अभिन्न अङ्ग तथा समाजिक पहिचानको आधार बनेको छ । क्लवले हालै पोखरामा इभेन्टको प्रमो सार्वजनीक तथा प्रेसमिट सम्पन्न गरेको छ । साथै नासा नेपाल मोटरसाइकल कमिसनका प्रमुख अनिल बराल, कार्यकारी निर्देशक गोविन्द भट्टराई र संघका गण्डकी प्रदेश अध्यक्ष शिव श्रेष्ठ लगायतले रेसिङ्गस्थलको भ्रमण गरी ट्रयाक डिजाइन तथा सुरक्षा लगायतका विषयमा क्लवका पदाधिकारीसँग गत हप्तानै छलफल गरिसकेका छन् ।  

नेपालमै नौलो पखारमा त झनै नौलो र शाहसीक बाईक रेसिङमा राईडर्स उत्साहित छन् र तपाईहरुलाई स्वागत छ । 

#मोटो ईन्डुरो
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति

नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति

सपना मात्र देखाउने एन्फा !

सपना मात्र देखाउने एन्फा !

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’