मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

लिभरपुलमा क्लोपको स्थानमा जाभी अलोन्सो ?

शनिबार, माघ १३, २०८०खेलपाटी संवाददाता
लिभरपुलमा क्लोपको स्थानमा जाभी अलोन्सो ?
Classic Tech Internet Ad

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका व्यवस्थापक जर्गेन क्लोपले यो सिजन सन् २०२३–२४ को अन्त्यसँगै ‘ऊर्जाविहिन भएको’ भन्दै आफ्नो भूमिकाबाट अलग्गिने बताएका छन् ।

जर्मन प्रशिक्षक जर्गेन क्लोपले यो सिजन सन् २०२३–२४ को अन्त्यसँगै लिभरपुल छाड्ने घोषणाले फुटबल जगतलाई तरंगित बनाएको छ, जसलाई पत्याइहाल्न गाह्रो भइरहेको छ । तर, अर्को ठूलो प्रश्नको जवाफ खोज्ने क्रम सुरु भइसकेको छ– क्लोपको स्थान कसले लिने छन् ?

अक्टोबर, २०१५ देखि एन्फिल्ड टिम हाँकिरहेका क्लोपको उत्तराधिकारी लिभरपुलले टुंगो लगाएको छैन भने उसलाई नयाँ प्रशिक्षक-व्यवस्थापकबारे निर्णय गर्न अझै पनि केही महिना समय उपलब्ध छ । क्लोपको उत्तराधिकारीको रुपमा लिभरपुलकै पूर्वखेलाडी जाभी अलोन्सो मुख्य दाबेदार हुनसक्छन् । यो सिजन बुन्डेसलिगामा बायर लेभरकुजनको उत्कृष्ट प्रदर्शन गरेपछि उनी मुख्य दाबेदारको रुपमा उभिएका हुन् ।

४२ वर्षीया अलोन्सो स्पेनले सन् २०१० को विश्वकप तथा २००८ र २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा टिमका महत्वपूर्ण मिडफिल्डर थिए । उनले सन् २००४ देखि २००९ सम्म लिभरपुलको जर्सीमा २ सय १० खेल खेलेका थिए । त्यस अवधिमा उनले च्याम्पियन्स लिग, एफए कप र युईएफपए सुपर कपको उपाधि जितेका थिए ।

स्पेनी क्लब रियल सोसिडाड, आइबर, रियल म्याड्रिड तथा जर्मन महारथी बायर्न म्युनिखबाट समेत खेलेका अलोन्सो सन् २०१७ मा खेल जीवनबाट सन्यास लिएपछि प्रशिक्षकको भूमिकामा अगाडि बढेका हुन् । उनले स्पेनी ला लिगा र जर्मन बुन्डेसलिगाको उपाधि पनि जितेका छन् ।

रियल म्याड्रिडको युथ टिम र रियल सोसिडाडको बी टिमलाई सेगुन्डा बी स्पेनी फुटबलमा तेस्रो डिभिजन सम्हालेपछि पहिलोपल्ट सिनियर टिम सम्हाल्दै अक्टोबर २०२२ मा जर्मनीको बायर लेभरकुजन पुगेका थिए । उनले गत अगस्टमा सन् २०२६ सम्मको लागि लेभरकुजनमा बस्ने सम्झौता गरेका थिए ।

अहिले बुन्डेसलिगाको शीर्षस्थानमा रहेको लेभरकुजन डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखभन्दा चार अंक अगाडि छ । अपराजित रहेको उसले १८ खेलबाट ४८ अंक जोडेको छ । उसले बायर्न, बोरुसिया डर्टमुन्ड र भीएफबी स्टुटगार्टसँग मात्रै अंक बाँडेको छ ।

Bajaj Pulsar Motorcycle Ad
#क्लोपको स्थानमा जाभी अलोन्सो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार