मंगलबार, ०८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

खेलाडीलाई मछिन्द्रको तीन महिने ‘कन्ट्रयाक’

मंगलबार, ०९ माघ २०८०खेलपाटी संवाददाता
खेलाडीलाई मछिन्द्रको तीन महिने ‘कन्ट्रयाक’
Classic Tech Internet Ad

काठमाडौं । ए डिभिजनको मछिन्द्र फुटबल क्लबले खेलाडीलाई तीन महिनाको सम्झौता दिएको छ । मोफसलका प्रतियोगितालाई लक्षित गर्दै मछिन्द्रले खेलाडीलाई तीन महिने सम्झौताको अवधि दिएर अनुबन्धन गरेको हो । 

यस वर्ष ए डिजिभन लिग नहुने निश्चित जस्तै भएपछि क्लबहरुले खेलाडीलाई लामो समयको कन्ट्रयाक दिएका छैनन् । अधिकांश खेलाडी प्रति खेलका आधारमा पारिश्रमिक लिने गरि क्लबसँग आबद्ध भएका छन् । 

मछिन्द्रले भने मोफसलका नकआउट प्रतियोगितालाई केन्द्रित गर्दै खेलाडी अनुबन्धन गरेको हो । 

‘एउटा खेलाडीले हरेक प्रतियोगिता फरक–फरक क्लबको जर्सी लगाएर खेल्दा राम्रो देखिदैन । यसले फुटबल, क्लब र फुटबललाईनै राम्रो गर्दैन ।’ क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले भने, ‘लिगको टुङ्गो नभएपनि खेलाडीलाई अहिले तीन महिनाको कन्ट्रयाकमा राखेका छौं । चैतसम्म मोफसलका प्रतियोगितामा क्लब र खेलाडीलाई ब्यस्त राख्ने योजना छ ।’

फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग खेलेपछि खेलाडीहरु अहिले क्लबहरुको सम्झौता बाहिर छन् । लिगको तालिका सार्वजनीक नहुँदा क्लबहरुले समेत खेलाडी अनुबन्धन गरेका छैनन् । एनएसएलमा माथिल्ला स्तरका खेलाडीले अवसर पाएपनि लिग फुटबल नहुँदा डिभिजन फुटबल खेल्ने खेलाडी बेरोजगार छन् । खेलाडीहरु मोफसलमा हुने गोल्डकपमा प्रति खेलमा पारिश्रमिक लिने गरि विभिन्न क्लबबाट खेलिरहेका छन् ।  

‘खेपमा जसरी खेल्दा खेलाडीमा चोटको जोखिम पनि रहन्छ । लिग नहुने भएपनि खेलाडीलाई आर्थिक हिसाबले केही समयका लागि मात्र भएपनि जोगाऔं भन्ने उद्धेश्यले तीन महिनाको कन्ट्रयाक दिएका छौं ।’ मछिन्द्रलाई दुई पटक लिग विजेता बनाएका श्रेष्ठले भने ।

मछिन्द्रले घरेलु फुटबलमा स्टार खेलाडीको पहिचान बनाएका बिमल घर्तिमगर सहित, मनिष डाँगी, देबेन्द्र तामाङ, बिशाल श्रेष्ठ, आशिष चौधरी लगायतलाई सम्झौतामा राखेको छ । मोफसलका प्रतियोगितामा बलियो टिम उतार्ने मछिन्द्रको योजना छ । 

‘नेपाली फुटबललाई बचाएकै मोफसलले हो कि जस्तो देखिन्छ । लिगको टुङ्गो हुदैन, तर मोफसलको प्रतियोगिता समयमा हुन्छ । मछिन्द्रले खेलाडीमा गरेको लगानी मोफसलको फुटबललाई सम्मान गर्नका लागि पनि हो ।’ अनिलले थपे ।

पोखरामा हुने आहा रारा गोल्डकपमा मछिन्द्रले माघ ११ गते जावलाखेलसँग खेल्दै मोफसलको यात्राको सुरुवात गर्नेछ ।
 

Bajaj Pulsar Motorcycle Ad
#मछिन्द्र

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

सलाहले जोगाए इजिप्टको इज्जत्

सलाहले जोगाए इजिप्टको इज्जत्

नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन