काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्य हरुले पुष २ गते कार्यसमिति बैठकले ‘बी’ डिभिजन लिग क्लब मध्यपुर युथ एसोसियनलाई गरेको कारवाहीमा असहमती जनाएका छन् ।
एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथलाई अनुशासनको कारबाही भन्दै फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो ।
एन्फामा आज (आइतबार) यो निर्णयको पक्षमा एन्फमा ११ सदस्यले असहमती जनाएका छन् । यसअघि एन्फमा ९ सदस्यले कारवाही फिर्ता लिन एन्फालाई पत्र बुझाएका थिए ।
‘कार्यसमितिलाई एन्फाको सदस्य क्लबको फुटबल खेल गतिविधिमा सहभागीता हुने अधिकार खोस्ने कानुनी अधिकार छैन । जुन एन्फाको विधानको धारा १४ (१) (ङ) र (च) एन्फा सदस्यहरुको अधिकारमा प्रतियोगितामा भाग लिन र एन्फा गतिविधि सम्बन्धमा अधिकार सम्बन्धि सुनिश्चित गरेको छ,’ बहुमत सदस्यले हस्ताक्षर गरेको पत्रमा लेदिएको छ ।
त्यस्तै उनीहरुले विधानको धारा १४ (१) (ङ) र (च) ले स्थापित गरेको अधिकार खोस्ने कानुनी आधार र व्यवस्था विधानमा नरहेकोले यस निर्णय कार्यसमितिको क्षेत्राधिकार भित्र पर्दैन अतः यो निर्णय नियम संगत छैन मध्यपुर युथ एसोसिसनको सम्बन्धमा भएको अनधिकृत निर्णयमा असहमती भएका बताएका छन् ।
उक्त निर्णयविरुद्ध असहमती जनाउनेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यहरु रविन्द्र चन्द, रमेश ब्यञ्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, पेमा डोल्मा लामा, मनिष जोशी र मणिराज विष्ट रहेका छन् ।