हेटौडा । मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगितामा बकैय युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।
हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बकैया युवा क्लब विजयी भएको थियो ।
बकैया युबा क्लबले जनप्रवाह क्लबलाई १०–० गोलको फराकिलो अन्तरले हराएको हो ।
खेलमा बकैया युबा क्लबका सुरेन्द्र राईले ३ गोल गरे । यस्तै, जेओङ लामा र सुजन गुरुङले समान २ तथा अभिषेक ब्लोन, निशान गोले र आयुष नेगीले समान एक गोल गरे ।
खेलमा उत्कृष्ट प्रर्दशन गर्दै बकैया युबा क्लबका सुरेन्द्र राईलाई म्यान अफ द म्याच घोषित भएका छन् ।
प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ ।
मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चनले जिल्ला लिग क्वालिफाईबाट दुई टोलीले मकवानपुर जिल्ला लिगमा स्थान बनाउने जानकारी दिए ।